दैलेखमा एमाले माधव समूहको समानान्तर कमिटी घोषणा
वरिष्ठ प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई शपथ खुवाए। उनीहरूले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन्। पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने माधव समूहको भनाई छ।
१ सय ८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए। जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा पनि सहभागी थिए।
वैशाख १४, २०७८ मंगलबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।