देशभर थप २६१९ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६ सय १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट २ हजार ४ सय ८६ र एन्टिजेन विधिबाट १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो। यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। योसँग देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ३६ पुगेको छ।
पछिल्लो एक दिनमा थप ३ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ।
वैशाख ११, २०७८ शनिबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।