विभिन्न मुद्दामा फरार एउटै वडाका ५ जना पक्राउ

विभिन्न मुद्दामा फरार एउटै वडाका ५ जना पक्राउ

भैरहवा : रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना र सजायको फैसला गरेपछि फरार भएका ५ जनालाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। पाँचै जना एउटै वडाका हुन्।

रुपन्देहीको तिलोत्तमा ७ भलवारिका पवन भन्ने विक्रम थारु, अजय वाल्मीकि भन्ने अजय हेला, कृष्ण बहादुर गुरुङ, दुर्गाप्रसाद ज्ञवाली र विनोद मुसहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

वैशाख १०, २०७८ शुक्रबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।