थप ५ जना कोरोना संक्रमितको मृत्यु, आज मात्रै २५५९ जनामा संक्रमण पुष्टि
काठमाडौँ : कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९६६४ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट २ हजार ४ सय ४९ र एन्टिजेन परीक्षणबाट १ सय १० जनामा कोरोना भाइरस पुष्टि भएको हो।
नेपालमा हालसम्म ३ हजार १ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म २ लाख ९४ हजार ६ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जसमध्ये १४ हजार ७ सय २४ सक्रिय संक्रमित छन् भने २ लाख ७६ हजार ७ सय ५५ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३.४ प्रतिशत रहेको छ भने मृत्युदर १.०६ प्रतिशत रहेको छ।
वैशाख १०, २०७८ शुक्रबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।