कर्णालीमा थप १०४ जनामा कोरोना पुष्टि

कर्णालीमा थप १०४ जनामा कोरोना पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पिसिआर विधिबाट ८७ र एन्टिजेन विधिबाट १७ जनामा कोरोना पुष्टि भएको हो। 

पिसिआर विधिबाट गरिएको परीक्षणबाट सुर्खेतका ७६, कालीकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

त्यस्तै, एन्टिजेनबाट विधिबाट गरिएको परीक्षणमा सल्यानका ९, रुकुम पश्चिमका ५, दैलेखका २ र जुम्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ। 

निर्देशनालयका अनुसार पिसिआर विधिबाट १ सय ६ र एन्टिजेन विधिबाट ५७ जनाको परीक्षण गरिएको हो। 

५७ जनामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमण पुष्टि भएको संख्या १७ जनामा भएको निर्देशनालयले जनाएको छ । सो विधिबाट परीक्षण गर्दा दैलेखका २, सल्यानका नौ जना, रूकुमपश्चिमका ५ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ।

कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १२ जना छ। तीमध्ये सुर्खेतका १ सय ९९, दैलेखका १२, जाजरकोट १ जना रहेको निर्देशनालयले जनाएको छ। 

वैशाख ९, २०७८ बिहीबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।