थप २४२८ जना कोरोना संक्रमित, ५ को मृत्यु
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। योसहित देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय १७ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ सय ५२ जना कोरोना संक्रमित निको भएका छन्। योसहित देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ।
वैशाख ९, २०७८ बिहीबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।