भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु
भक्तपुर : भक्तपुरको मोटरसाइकल र टिपर आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
रा २ प ४४३७ नंम्बरको मोटरसाईकल र बा ३ ख ४४६५ नंम्बरको टिपर एक आपसमा ठक्कर खाई दुर्घटना हँदा ४२ वर्षका पदमराज पाठकको मृत्यु भएको हो।
कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानोठिमी पाठकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। दाङ लालमठिया ५ का उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौंमा उपचार भइरहेको छ।
टिपर र चालक सिन्धुपाल्चोक सुनकोशी गाउपालिका घर भई हाल भक्तपुर सानोठिमी राजन नेपालीलाई नियण्त्रणमा लिएको प्रहरीले जनाएको छ।
वैशाख ९, २०७८ बिहीबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।