भारतबाट १५ दिन अघि फर्किएका एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु
साँकेतिक तस्बिर
धनगढी : भारतको गुजरातबाट नेपाल फर्किएका ६५ वर्षका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए।
जोशीका अनुसार उनी भारतको गुजरातबाट १५ दिन अगाडि घर फर्किएका थिए। वैशाख ५ मा उनको स्वास्थ्य परीक्षण भएको थियो। कोरोना परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। आज जिल्ला अस्पताल अछाममा उनको मृत्यु भएको जोशीले जानकारी दिए।
वैशाख ९, २०७८ बिहीबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।