मेरियट होटेलबाट निस्कँदै माधव नेपालले भने : म केही बोलिन

मेरियट होटेलबाट निस्कँदै माधव नेपालले भने : म केही बोलिन

काठमाडौँ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का नेता माधवकुमार नेपाल समूहबिच बढेको किचलोले पार्टी विभाजनको जोखिम बढाएपछि अकस्मात् बुधवार साँझ होटेल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबिच एक्ला एक्लै छलफल भयो।

लामो संवादहीनता तोड्दै दुवै नेता एकै कोठामा २ घण्टा बसे। ओलीले नेपाल समूहका सांसदलाई कारबाहीको मनसायसहित स्पष्टीकरण सोधेपछि परिआए पार्टी विभाजन गर्नेसम्मको रणनीतिमा नेपाल समूह सक्रिय भएपछि एमालेका केही नेताहरूले यी दुवैबिचको संवादहीनता तोडाउने प्रयास गरेका थिए।

मध्यस्थता गर्ने नेताहरूको प्रयासमा यी दुवै छलफलका लागि राजी भएपछि होटेल मेरियटमा पुगेका थिए। दुबैबिच लामै संवाद भए पनि छलफलको निष्कर्ष के निस्कियो भन्ने दुवै नेताले बोलेनन्। बैठकबाट बाहिरिएका नेता नेपालले सञ्चारकर्मीहरूमाझ श म केही बोलिन भन्दै हिँडेका थिए। 

यी दुवै नेताको संवादहीनता तोड्न मध्यस्थताको भूमिका निभाएको भनिएका उद्योगी तथा पूर्व राज्य मन्त्री मोतीलाल दुगडले बैठक सकेर बाहिर निस्कँदा दुवै नेता हर्षित मुद्रामा देखिएकाले यो सकारात्मक सुरुवात भएको प्रतिक्रिया मात्र दिएका थिए।

 

वैशाख ८, २०७८ बुधबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।