होटेल मेरियटको वार्ताले एमाले विभाजन रोक्ला ?

होटेल मेरियटको वार्ताले एमाले विभाजन रोक्ला ?

काठमाडौँ : माधव नेपाल निकट २७ सांसदलाई कारबाही गर्ने तयारी गरेसँगै पार्टी औपचारिक रूपमा विभाजित हुने जोखिम कम गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव नेपालबिच काठमाडौँको होटेल मेरियटमा आकस्मिक वार्ता भएको छ। 

ओलीले मङ्गलवार नेपालसहित उनी निकट २७ जना सांसदलाई कारबाही गर्ने मनसायसहित स्पष्टीकरण सोधेका थिए। ओली समूहले स्पष्टीकरण सोधेपछि बसेको नेपाल समूहको बैठकले त्यसको प्रतिउत्तर दिने तर परिआए नयाँ पार्टी गठन गर्ने रणनीति अगाडि बढाएपछि एकाएक ओलीले बुधवार नेपाललाई छलफलका लागि बोलाएका हुन्। 

साँझ ६ बजेबाट सुरु भएको वार्ता जारी छ। दुवै नेता एक्ला एक्लै बसेर वार्ता गरिरहेका छन्। 

 

 

वैशाख ८, २०७८ बुधबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।