देशभर थप २३५१ जनामा कोरोना संक्रमण, उपत्यकामा १०५१
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट ८ सय ३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा उपत्यकाका १ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार उक्त अवधिमा काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ सय ८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
देशभर १० हजार ५ सय ८२ जना कोरोनाका सक्रिय संक्रमित छन्।
वैशाख ८, २०७८ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।