कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव 

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव 

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव नियुक्त भएका छन्।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान २०१७ को धारा ३५ बमोजिम यादवलाई केन्द्रीय निर्वाचन समितिको संयोजक नियुक्त गरिएको हो।
 
पार्टी सभापति शेररबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भदौमा हुन लागेको १४ औं महाधिवेशनका लागि यादवलाई सो जिम्मेवारी दिएको हो। 

यसअघिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि संयोजक पद रिक्त रहेकाे थियो। यादव पूर्वसांसद् तथा पूर्वमहान्यायधिवक्तासमेत हुन्।

वैशाख ८, २०७८ बुधबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।