सभामुख सापकोटा विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा 

सभामुख सापकोटा विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा 

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। 

मुद्दाको आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेशीमा राखिएको थियो।  

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यामा दोषी रहेको भन्दै सर्वोच्च अदालतमा लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले २०६८ सालमा मुद्दा दर्ता गरेका थिए।

वैशाख ८, २०७८ बुधबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।