सभामुख सापकोटाविरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा
काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी चढेको छ।
सापकोटाविरुद्धको मुद्दा आज सर्वोच्च अदालतको नियमित पेशीमा राखिएको हो। नियमित पेशीमा चढे पनि सुनुवाइ हुने सम्भावना कम रहेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की,मिरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेका छन्।
सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यामा दोषी रहेको भन्दै सर्वोच्च अदालतमा लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ सालमा मुद्दा दर्ता गरेका थिए।
वैशाख ८, २०७८ बुधबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।