काँग्रेस महाधिवेशनको तयारीबारे देउवा निवासमा बैठक
काठमाडौँ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा अहिले केहीबेरमा बस्न लागेको बैठकमा पार्टीको भदौमा हुने १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको अस्ति सोमबार बसेको बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो।
क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद चैत मसान्तसम्म मात्रै रहेकोमा बैठकले वैशाख १५ गते राति १२ बजेसम्म तोकेको छ।
वैशाख ८, २०७८ बुधबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।