देशभरको मौसम बदली
काठमाडौँ : देशभरको मौसम बदली भएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशका धेरै स्थानमा तुवाँलो लागेको विभागले जनाएको छ।
अहिले काठमाडौँ उपत्यका र पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। पर्सिसम्म नै देशभरको मौसम बदली हुने र पानी पर्ने अनुमान विभागले गरेको उनले बताए।
वैशाख ८, २०७८ बुधबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।