कोरोना भाइरस विरुद्धको रसियन खोपले पनि नेपालमा पायो अनुमति
काठमाडौं : नेपालमा आपतकालीन प्रयोगका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सार्स–कोभ–२ भाइरस ‘स्पुतनिक–भी’ खोपले अनुमति पाएको छ।
औषधि व्यवस्था विभागले आज (मंगलबार) आपतकालीन प्रयोगको लागि यो खोपलाई अनुमति दिएको हो।
रुसकाे एफएसबिआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रो बायोलोजी अफ दी मिनिस्ट्री अफ हेल्थले उत्पादन गरेको यो खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएकाे छ।
नेपालमा कोभिसिल्ड र भेरो सेल खोपले यसअघि नै आपतकालिन प्रयोगका लागि अनुमति पाएर प्रयोग पनि भइरहेका छन्।
कोभिसिल्ड खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्टिचयुड अफ इन्डियाले उत्पादन गरेको हो।
‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल) खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनि लिमिटेडले उत्पादन गरेकोे हो।

वैशाख ७, २०७८ मंगलबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।