बाँकेमा वैशाख ९ देखि लकडाउन गर्न सिफारिस 

बाँकेमा वैशाख ९ देखि लकडाउन गर्न सिफारिस 

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको भन्दै बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन गर्न सिफारिस गरिएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी), बाँकेले वैशाख ९ गतेदेखि लकडाउन गर्न सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। 

‘डिसिएमसी र सर्वदलीय बैठकले वैशाख ९ गतेदेखि लकडाउन गर्न सिफारिस गरेको छ,’ उनले भने, ‘यसबारे भोलिको बैठकमा निर्णय लिन्छौं।’ 

उनले भोलिको बैठकमा जिल्लाको कुन–कुन क्षेत्रमा लकडाउन गर्नेबारे तय गरिने जानकारी दिए। 

वैशाख ७, २०७८ मंगलबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।