देशभर थप १७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर कोरोना संक्रमितकाे संख्या २ लाख ८७ हजार ५ सय ६७ जना पुगेकाे छ। संक्रमितमध्ये ६४.७१ पुरुष छन् भने ३५.२९ जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। याेसँगै देशभर ३ हजार १ सय २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमितको मृत्युदर १.०८ प्रतिशत छ।
देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित छन्।

वैशाख ७, २०७८ मंगलबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।