ओलीले स्पष्टीकरण सोधेपछि खनाल–नेपाल समूहका सांसद् छलफलमा 

ओलीले स्पष्टीकरण सोधेपछि खनाल–नेपाल समूहका सांसद् छलफलमा 

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद् छलफलमा जुटेका छन्। 

काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा उक्त समूहका सांसद् छलफलमा जुटेका हुन्। भावी रणनीति तय गर्न छलफल थालिएको खनाल–नेपाल समूहका एक सांसद्ले जानकारी दिए। 

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष ओलीले आज खनाल, नेपालसहित २७ जना संघीय सांसद्लाई स्पष्टीकरण सोधेका हुन्। 

स्पष्टीकरणमा संघीय संसद्को सदस्य पदबाट नहटाउने आधार र कारण दुई दिनमा पेस गर्न निर्देशन गरिएको छ। 

वैशाख ७, २०७८ मंगलबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।