सभामुख सापकोटाविरुद्धको मुद्दाको पेशी साप्ताहिक सूचिमा
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेशीमा चढेको छ।
काभ्रेका अर्जुन बहादुर लामाको हत्या आरोपमा सापकोटाविरुद्ध विचाराधीन मुद्दाको सुनुवाइ भोलिका लागि साप्ताहिक पेशीमा राखिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
सापकोटाविरुद्ध पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलले मुद्दा दायर गरेका थिए।
वैशाख ७, २०७८ मंगलबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।