मदनकृष्णका छोरा बुहारी सहित पाँचै जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ : हास्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ सहित परिवारका पाँचै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
उनले सामाजिक सञ्जालमार्फत आफू सहित छोरा, छोरी, बुहारी, नातिनीलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।
उनले कोरोना भइसकेपछि सास्ती हुने भन्दै खेलाँची नगर्न आग्रह गरेका छन्। उनले आम मानिसलाई जति सकिन्छ कोरोनाबाट सतर्क रहन सुझाव पनि दिएका छन्।
वैशाख ७, २०७८ मंगलबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।