रामसीताका मूर्तिलाई धार्मिक र्‍यालीसहित देवघाट पुर्‍याइँदै 

रामसीताका मूर्तिलाई धार्मिक र्‍यालीसहित देवघाट पुर्‍याइँदै 

काठमाडौँ : चितवनको ठोरीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको रामसीताको मूर्तिलाई विधिवत् पूजाआजा गरेर सीताराम शोभा रथयात्राको आयोजना गरिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पूजा गरेसँगै सीताराम शोभा रथयात्रा भएको हो। 

राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राम नवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ। रामसीताका मूर्तिलाई धार्मिक र्याली सहित आज देवघाटमा लगेर राखिनेछ। 

मूर्ति हस्तान्तरण गर्न बालुवाटारमा धार्मिक अनुष्ठान गरिएको छ भने मूर्ति राखिएका गाडीलाई फुलमालाले सिँगारिएको छ।

वैशाख ७, २०७८ मंगलबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।