सीमा नाकामा होल्डिङ सेन्टर बनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : सरकारले भारतसँग जोडिएका सीमा नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाहा, कपिलवस्तुको कृष्णनगर, रूपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, मोरङको रानी र झापाको काँकडभिट्टा नाका नजिकै पायक पर्ने स्थानमा हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
‘आवश्यक परे थप अन्य अन्तर्राष्ट्रिय स्थलगत नाकामा पनि होल्डिङ सेन्टर बनाइने छ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले भने।
वैशाख ६, २०७८ सोमबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।