होटेल, रेस्टुरेन्ट आठ बजेपछि बन्द गर्ने सरकारको निर्णय

होटेल, रेस्टुरेन्ट आठ बजेपछि बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले बेलुका आठ बजेपछि होटेल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमण बढेपछि नियन्त्रणका लागि भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सङ्क्रमण ऐन अनुसार सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुगतले भने‘ स्वास्थ्य मापदण्ड अपनाएर होटेल तथा रेस्टुरेन्ट बिहान आठ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने छ। आठ जेपछि होम डेलिभरीको सुविधा उपलब्ध गराउन सकिने छ।’

उनले राजमार्गका होटेलका हकमा भिडभाड नहुने गरी खोल्न पाइने निर्णय भएको जानकारी गराए। 

 

वैशाख ६, २०७८ सोमबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।