देशभर थप १२८१ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पिसिआर विधिबाट १ हजार २ सय २७ र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित देशभर कोरोना पुष्टि हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट पाइएको मन्त्रालयले जनाएको छ। योसहित देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार ९१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ सय ५५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ।
वैशाख ६, २०७८ सोमबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।