कर्णाली फ्लोर क्रसबारे नेपाल समूहका २० जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेशको फ्लोर क्रसबारे नेता माधवकुमार नेपाल समूहका २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आज (सोमबार) बसेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने र गर्न लगाउने २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, कर्णाली प्रदेश सांसद्हरू प्रकाश ज्वाला, कर्मराज शाही, नन्दसिंह बुढा, अमरबहादुर थापा लगायतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
गत शनिबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन गरिएको प्रस्तावको पक्षमा एमाले कर्णाली प्रदेशका ती चार सांसद्ले मतदान गरेका थिए।
वैशाख ६, २०७८ सोमबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।