काठमाडौँ महानगरका पूर्व मेयर प्रयागराजको निधन
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका पूर्व मेयर प्रयागराज सिंह सुवालको निधन भएको छ।
प्रजातन्त्र सेनानी, पूर्व मन्त्री एवं तत्कालीन काठमाडौँ नगरपालिकाका मेयर ९३ वर्षीय सुवालको काठमाडौँको झोंछे ओमवहाल स्थित आफ्नै निवासमा निधन भएको हो। स्वर्गीय सुवालका श्रीमती, दुई छोरा र एक छोरी छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुवालको निधनमा दुःख व्यक्त गर्दै पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको उल्लेख गरेका छन्।
देउवाले सुवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन्।
वैशाख ६, २०७८ सोमबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।