क्यान इन्फोटेक स्थगित
काठमाडौँ : क्यान इन्फोटेकको २७ औँ संस्करण स्थगित भएको छ।
काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरमा कोरोनाको दोस्रो लहर फैलिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले क्यान इन्फोटेक २०२१ अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको हो।
क्यान इन्फोटेकको २७ औँ संस्करण वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको थियो। महासङ्घले स्थगितका कारण पर्न गएको असुविधा प्रति क्षमा मागेको छ।
वैशाख ६, २०७८ सोमबार १२:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।