कोरोना अति प्रभावित जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय
काठमाडौँ : सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।
कोभिडको विशेष निर्देशन जारी गर्दै सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।
कोरोनाबाट अति प्रभावित काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका सार्वजनिक तथा निजी विद्यालय वैशाखभर बन्द गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो।
कोभिड विशेष निर्देशिका जारी गरेर रात्रिकालीन व्यवसाय, सिनेमा घर, पार्टी प्यालेस, जीमखाना, रङ्गशाला लगायत पनि वैशाखभर बन्द गर्ने निर्णय गरिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।
वैशाख ६, २०७८ सोमबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।