बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल खुवाइँदै

काठमाडौँ : बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। 

६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने मन्त्रालयले जनाएको छ। 

केन्द्रमा जाँदा भिडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्ति बिचको दूरी कम्तीमा दुई मिटर कायम गर्न र प्रतिघण्टा १० जना मात्र बालबालिका उपस्थिति हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ। 

महिला स्वास्थ्य स्वयंसेविका र केन्द्रमा बालबालिका लिएर आउने अभिभावकले अनिवार्य मास्क लगाउनुपर्नेछ। 

वैशाख ६, २०७८ सोमबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।