एमालेले पार्टीको महाधिवेशनबारे छलफल गर्दै
काठमाडौँ : सत्तारुढ नेकपा एमाले पार्टीको दसौँमहाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टीको महाधिबेशनबारे छलफल गर्न बैठक बोलाउनु भएको एमाले नेता सुभाषचन्द्र नेम्वाङले जानकारी दिए।
महाधिवेशनका लागि देशव्यापी संगठन सुदृढीकरण गर्ने विषयमा छलफल हुने उनले बताए। सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको नेकपा एमालेको फागुन २८ गते बसेको बैठकले पार्टीको दसौँ महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो।
सांगठनिक प्रतिवेदन पेस गर्ने, प्रदेशगत रिपोर्टिङ गर्ने, जिल्लाहरूका इन्चार्ज र नेताहरूको कार्य विभाजन तोक्ने विषयमा पनि छलफल गर्ने एमाले बैठकको एजेन्डा रहेको छ।
यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी एमालेको छ। एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दैछ।
वैशाख ६, २०७८ सोमबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।