२४ घन्टायता १०९६ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

२४ घन्टायता १०९६ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा १०९६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइतबार ५ हजार ७ सय ८३ नमुना परीक्षण गरिएको थियो। तीमध्ये एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३ सय २६ जनागरी जम्मा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार १ सय १६ जना संक्रमित आइसियुमा र ४६ जना भेन्टिलेटरमा उपचाररत छन्।

५ वर्ष मुनिका बालबालिकामा पनि कोरोना भाइरस संक्रमण र मृत्यु भएकोले सजग रहन मन्त्रालयले आग्रह गरेको छ। शनिबारसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरसका कारण ३ हजार ५ सय ६५ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।

आइतबारसम्म पनि ९१ जना ५ वर्ष  बालबालिका कोरोनाको भाइरसको सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

कोरोना भाइरसका कारण १० जना ५ वर्ष मुनिका बालबालिकाले ज्यान गुमाइसेकेको उनले बताए। त्यसैले मिडियामा स्वास्थ्यकर्मीलाई तथ्यमा आधारित भएर बोल्न अपिल गरेको छ।

कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको र सबै उमेर समूहमा भएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले अपिल गरेको छ।

वैशाख ५, २०७८ आइतबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।