सरकारको नेतृत्व गर्ने निर्णय गरेका देउवा भन्छन् : सरकारसँग निहुँ खोज्ने पक्षमा छैनौँ
आफ्नै निवास बुढानीलकण्ठमा एक पुस्तकको विमोचनपछि समसामयिक राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा सरकार बहुमतकै रहेको र बहुमतको सरकारसँग निहुँ खोज्ने पक्षमा आफू नरहेको बताएका हुन्।
‘यो सरकार बहुमतकै सरकार हो। प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन,’ उनले भने‘ प्रधानमन्त्री बन्न लालायित पनि छैनौँ। बहुमतको सरकारसँग निहुँ खोज्ने पक्षमा पनि छैनौँ।’
उनले यदि नेतृत्व गर्नुपर्ने परिस्थिति बनेमा भने पार्टी पछि नहट्ने उनको प्रतिक्रिया थियो।
उनले अहिलेको राजनीति तरल अवस्थामा रहेको बताए। तरल अवस्था रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सकिने अवस्था नरहेको भन्दै उनले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुनु खुसीको कुरा भएको बताएका थिए।
वैशाख ५, २०७८ आइतबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।