बादल गृहमन्त्रीमा पुनः नियुक्त
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा पुनः नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बादलले आज साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण गर्ने छन्।
यसअघि आजै संघीय संसद्को सचिवालयले सूचना जारी गर्दै गृहमन्त्री बादलको सांसद् पद गुमेको जनाएको थियो।
पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रले बादललाई कारवाही गरेको थियो। कारवाहीपछि बादलको सांसद्सँगै मन्त्री पद गुमेको थियो।
बादल साविकको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) छँदै ओली समूहमा प्रवेश गरेका थिए। सर्वाेच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि पनि उनी एमालेमै रहेका थिए।
बादल २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा सांसद्मा निर्वाचित भएका थिए।
वैशाख ५, २०७८ आइतबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।