गृहमन्त्री बादलको सांसद् पद खारेज, मन्त्री पद पनि गुम्यो
पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले दल त्याग अनुसार कारवाही गरेपछि बादलको सांसद् पद गुमेको हो।
संघीय संसद्को सचिवालयले आज (आइबार) सूचना जारी गर्दै संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको पद रिक्त भएको जनाएको छ।
गत चैत २७ गते माओवादी केन्द्रको राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले बादललाई दल त्याग अनुसार संसदीय दलले कारवाही गरेको पत्र संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए।
बादल २०७४ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा सांसद्मा निर्वाचित भएका थिए।
सांसद् पद खारेज भएसँगै बादलको मन्त्री पद पनि गुमेको संविधानविद्ले जनाएका छन्।
वैशाख ५, २०७८ आइतबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।