भारतसँगको सम्बन्ध कमजोर बनाउने षडयन्त्र : परराष्ट्र मन्त्री ज्ञवाली
नेपाल भारत मैत्री संघले आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण, गलत, अपुष्ट सूचना सम्प्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रयत्न भएको बताए।
उनले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढाउन प्रतिबद्ध रहेको धारणा राखे। मन्त्री ज्ञवालीले नेपालले भारतसँगको मित्रतालाई उच्च महत्त्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्ध परिणाममुखी बनाउन चाहेको जिकिर गरे। नेपाल भारतबिच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनको भनाई छ।
त्यस्तै सञ्चार मन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरूको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताए। उनले नेपाल र भारतबिचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गरे।
वैशाख ३, २०७८ शुक्रबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।