नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गर्न प्रदेश २ ले निकाल्यो सूचना 

नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गर्न प्रदेश २ ले निकाल्यो सूचना 

वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गर्न सचिवालयले सूचना निकालेको हो। 

संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतबाट गर्नुपर्छ। यस्तै प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाइ बहुमतबाट हुने संविधानको धारा २८८ को उपधारा (२) मा व्यवस्था छ। 

सचिवालयले नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन प्रदेशसभा सदस्यलाई सूचना निकालेर आव्हान गरेको सचिव रञ्जित कुमार यादवले जानकारी दिए। 

नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत नपुगेपछि २०७६ चैत्र ४ बसेको प्रदेशसभामा प्रस्तुत नामसम्बन्धी चार वटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्ताव अस्वीकृत भएको थियो ।

प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टीका ५५, नेकपा एमालेका २१, नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ जना सदस्य छन्।

वैशाख ३, २०७८ शुक्रबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।