सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लाग्नु दुखद : प्रचण्ड
काठमाडौँमा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले यसले नेपाल र नेपाली जनताको आत्मसम्मानमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए।
राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने प्रचण्डको भनाई छ। उनले जति सुकै गरे पनि सत्य र न्यायको जित हुने बताए।
प्रचण्डले अहिले पनि केही मानिसहरूमा सङ्घीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको उल्लेख गरे।
उनले देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए। इतिहासको चक्कालाई पछाडि फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बिच सङ्घर्ष भइरहेको बताउँदै प्रचण्डले अग्रगमनको पक्षमा लाग्न खेलाडीलाई आव्हान पनि गरे।
वैशाख ३, २०७८ शुक्रबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।