मेघगर्जन, चट्याङ र हावाहुरी सहित देशका अधिकांश ठाउँमा वर्षा

मेघगर्जन, चट्याङ र हावाहुरी सहित देशका अधिकांश ठाउँमा  वर्षा

हावाहुरी सहित पानी परिरहेकाले सतर्क रहन विभागले अनुरोध गरेको छ। विभागले घरभित्रै बस्न, टेलिभिजन, टेलिफोन लगायतका विद्युतीय उपकरण नचलाउन भनेको छ। रुखको नजिक तथा विद्युतका पोल नजिक नजान पनि मौसमविद्ले आग्रह गरेका छन्। 

चट्याङ लागेर हिजो बागलुङ, स्याङ्जा र भोजपुरमा तीन जनाको मृत्यु भएको थियो। अबको केही दिन प्रि–मनसुन सक्रिय हुने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन। मानन्धरका अनुसार आज र भोलि बेलुका ठुलो हुरीबतास चल्ने अनुमान गरिएको छ। 

प्रि–मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ। 

वैशाख ३, २०७८ शुक्रबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।