कोरोना महामारीलाई बेवास्ता गर्दै महानगरको सडक नाटक

कोरोना महामारीलाई बेवास्ता गर्दै महानगरको सडक नाटक

पहिलो चरणमा  महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगर क्षेत्रका  विभिन्न १० स्थानमा यस्ता नाटक देखाइने छ।

‘करदातालाई दबाब दिएर होइन, सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना होस् भनेर 'आनासुकी घरबेटी बा' नामको सडक नाटक सुरु गर्न लागिएको हो,’ उनले भने, ‘पहिलो चरणमा वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँबानेश्वर लगायतका १० स्थानमा सडक नाटक प्रदर्शन गरिने छ। प्रभावकारीता हेरेरअरु स्थानमा पनि गर्ने तयारी छ।’

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए।

महानगरले पहिलो पटक सडक नाटकमार्फत यस्तो अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ। नाटक करिब २० मिनेटको हुनेछ।

महानगरले कोरोना महामारीका कारण यस वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी दिएको छ।

‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ राजस्व विभागका प्रमुख अधिकारीले भने, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ। सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ।

बहाल करमा कोरोना महामारीका समयमा एक महिनासम्म घरभाडा छुट दिने घरधनीलाई असार मसान्तसम्म १० प्रतिशत  कर छुटको व्यवस्था गरेका छौँ।

वैशाख ३, २०७८ शुक्रबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।