बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु 

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु 

सप्तरी शम्भुनाथ न.पा. ३ शम्भुनाथ मन्दिर जाने गेट अगाडी ना ६ ख ७८९२ न.को बसले ठक्कर दिँदा एम्बुलेन्स चालकको मृत्यु भएको हो। 

बसको ठक्करबाट स.१ च ५५२ न.को एम्बुलेन्सका चालक सिरहा सुखिपुरका छेदीलाल कामतको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको तर, बस चालक भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

 

वैशाख ३, २०७८ शुक्रबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।