सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी भारदहका नारायण प्रणामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। खेतमा काटेर राखिएको गहुँ कुर्न गएका प्रणामीको हात्तीको आक्रमणबाट मृत्यु भएको र आज बिहान मात्रै आफन्तले प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए।
वैशाख ३, २०७८ शुक्रबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।