प्रेस चौतारीले तीन जनालाई गर्यो कारबाही
चौतारीले महासचिव राजेश राई, बागमती प्रदेश उपाध्यक्ष विश्वमणि सुवेदी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष नरेन्द्र साउदलाई सङ्गठनको साधारण सदस्य रहने गरी कारबाही गरेको हो।
एमालेमा बढेको विवादसँगै नेपाल पत्रकार महासङ्घको निर्वाचनमा चौतारी २ प्यानलमा विभाजित भएको थियो। राई समूहले नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनले नेतृत्व गरेको प्यानलाई समर्थन गरेका थिए।
गणेश बस्नेत समूहले निर्मला शर्माको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका भातृ संस्थासँग मिलेर प्यानल बनाएका थिए। निर्वाचनमा बस्नेत नेतृत्वको चौतारीको प्यानल पराजित भएको थियो।
बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तिमा उपमहासचिव रामकुमार एलन, सचिवहरू शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सिनालाई शुक्रवार बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
वैशाख २, २०७८ बिहीबार १९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।