माथिल्लो तामाकोसीको काममा भएको ढिलासुस्ती मान्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसीको काममा अस्वाभाविक तरिकाले ढिला सुस्ती भएको बताएका छन्।
सरकारले घरमै बसाबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने ’मेरो कित्ता’ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले एक वर्षदेखि तामाकोसीको काममा अस्वाभाविक ढिलासुस्ती भएको बताए।
उनले काममा ढिलासुस्ती हुँदा दैनिक १३ करोड नोक्सान भइरहेको बताए। ‘अब ढिलासुस्ती मान्य हुँदैन,’ उनले भने, ‘काममा ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्नेहरूलाई हामी अनदेखा गरेर बस्दैनौ।’
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको विकासले धेरै कुरामा सजिलो पारेको बताए। नयाँ नयाँ प्रविधिमा नेपालले अगुवाइ गरिरहेको उनको भनाई छ। मेरो कित्ता एपले अब फिल्डमै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झट हटाउने उनको विश्वास छ।
वैशाख २, २०७८ बिहीबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।