सांसद रावलको घरमा ढुंगा प्रहार, छानबिन गर्न माग 

सांसद रावलको घरमा ढुंगा प्रहार, छानबिन गर्न माग 

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका सांसद झपटबहादुर रावलले राती घरमा ढुंगा प्रहार भएको बताएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद रावलले गए राती घरमा ढुंगा हानेको भन्दै सुरक्षाको माग गरे।

कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन र बेवारिसे शवको पहिचान एवम् व्यवस्थापनबारे समितिमा भएको छलफल रावलले राति राति ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई पनि जानकारी गराएको बताए।

उनले यस्ता घटनामा तत्काल प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने माग गरे। आफ्नो कसैसँग रिसिइबी नरहेको बताउँदै रावलले घटनाको छानबिन गर्न माग गरे। एमालेका सांसद रावल पार्टीमा विवाद देखिएपछि अहिले खनाल–नेपाल समूहमा छन्।

 

वैशाख २, २०७८ बिहीबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।