वाइसीएलले युवा केन्द्रित अभियान चलाउने
काठमाडौँ : वाइसीएल नेपालले युवा शक्तिलाई राजनीतिमा आकर्षित गर्न अभियान चलाउने भएको छ। नेपालमा मौलाउँदै गरेको गलत राजनीतिक परिपाटीका कारण निराश युवा शक्तिलाई आकर्षित गर्न अभियान चलाउने वाइसीएल नेपालले जनाएको छ।
संगठन भित्र कृपा र नाता नभई क्षमता, दक्षता र निरन्तरताको आधारमा जिम्मेवारी प्रदान गर्ने अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। संगठनका हरेक विभागलाई राज्यको संरचनासँग जोड्ने र विषयगत भूमिकामा केन्द्रित हुन जिम्मेवारी प्रदान गर्ने सापकोटाले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
उसले नेपालको भविष्य र नेपाल समाजले चाहेको वैज्ञानिक व्यवस्थाबारे सार्वजनिक बहस चलाउने समेत बताएको छ। यस्तै दलाल पुँजीको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गर्न राज्य र अन्तरपार्टी बहस चलाउने वाइसीएलले जनाएको छ।
वैशाख २, २०७८ बिहीबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।