भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 

भक्तपुर : भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४  एस.एस. चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बायाँ तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा काभ्रे धुलिखेलका महेश शाहको मृत्यु भएको हो। 

मोटरसाइकल चालक धुलिखेलका महेन्द्र शाहको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी तीव्र गतिमा लापरबाही तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो। 

वैशाख २, २०७८ बिहीबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।