रसुवामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
रसुवा : रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ स्याउबारीमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
एक जना घाइते भएका छन्। दुर्घटनामा ग्राङ आधारभूत प्राथमिक विद्यालयका शिक्षक राजेन्द्र तामाङ र सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घाइते मालफुर्वा तामाङको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरी हवलदार नवराज थापाले जानकारी दिए।
वैशाख २, २०७८ बिहीबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।