झापाको काँकडभिट्टा र भद्रपुर नाका सिल
झापा : भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएको झापाको काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको छ।
आज बिहान ६ बजेदेखि ७२ घण्टाका लागि सीमा नाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी दिए।
पश्चिम बङ्गालमा यही वैशाख ४ गते राज्यसभाको निर्वाचन हुँदैछ। आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको शाहीले बताए। यो अवधिमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइने छ।
वैशाख २, २०७८ बिहीबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।